सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने : Icon Khabar

काठमाडौं, भदौ २८ । सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

भदौ २८ दिउँसो ४ बजे बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई उक्त निर्णय गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू