सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने

सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने : Icon Khabar

काठमाडौं, भदौ २८ । सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो।

गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

भदौ २८ दिउँसो ४ बजे बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई उक्त निर्णय गरेकाे हाे ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश वितरण हुनेछ।

Published Date: 14 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु