उपत्यकाको नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

उपत्यकाको नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, भदौ २८ । आज बिहिवार भक्तपुर, काठमाडौं तथा ललितपुरको सीमा भएर बग्ने मनोहरा खोलाले बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान साढे ४ बजेको समयमा मनाहराको जलसतह सतर्कता तह पार गरेको हो ।

मनोहरामा जलसतह बढ्दो रहेको, वाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीतटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गए राति काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धाप ड्याम वर्षामापन केन्द्र र आसपास मध्यमदेखि मुसलधारे वर्षा भएको महाशाखाले जनाएको छ । जसकारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको हो ।

Published Date: 14 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु