उपत्यकाको नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह

उपत्यकाको नदीहरुमा बाढीको जोखिम, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, भदौ २८ । आज बिहिवार भक्तपुर, काठमाडौं तथा ललितपुरको सीमा भएर बग्ने मनोहरा खोलाले बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान साढे ४ बजेको समयमा मनाहराको जलसतह सतर्कता तह पार गरेको हो ।

मनोहरामा जलसतह बढ्दो रहेको, वाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीतटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गए राति काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धाप ड्याम वर्षामापन केन्द्र र आसपास मध्यमदेखि मुसलधारे वर्षा भएको महाशाखाले जनाएको छ । जसकारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु