आगामी शनिबारसम्मै मेघगर्जन र चट्याङसहितको वर्षा जारी रहने

आगामी शनिबारसम्मै मेघगर्जन र चट्याङसहितको वर्षा जारी रहने : Icon Khabar

काठमाडौं, भदौ २८ । गएराति काठमाडौं र आसपासका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भयो । मनसुनको समयमा सामान्यतया मेघगर्जन र चट्याङ पर्दैन तर बुधबार राति सुतिरहेका मानिसहरुलाई तर्साउने गरी बिहानपखसम्मै मेघगर्जन र वर्षा भइरह्यो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने धाप ड्याममा रेकर्ड भएको छ । १२ घण्टाको अवधिमा धाप ड्याममा ८१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि दोस्रो धेरै नुवाकोटको ककनी क्षेत्रमा ६४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यसको अर्थ पानी पार्ने प्रणाली भारततिर बढी छ । नेपालमा भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र त्यस आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै छ । यस्तै बंगालको खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको न्यूनचापीय रेखाको पनि नेपालमा आंशिक प्रभाव छ । यो प्रभाव आगामी शनिबार सम्मनै हुने विभागले जनाएको छ।

Published Date: 14 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न