संविधान दिवस तीन दिन मनाइने

संविधान दिवस तीन दिन मनाइने : Icon Khabar

काठमाडौं, भदौ २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले गत भदौ १८ गते भएको निर्णय अनुसार संविधान दिवस मनाउने मूल समारोह समितिबाट असोज २, ३ र ४ गते नेपालको संविधानका विषयमा केन्द्रीत रही विशेष संवाददेखि स्मारिका, लेख/रचना प्रकाशन र सार्वजनिक निकायका कार्यालयहरुमा दीप प्रज्ज्वलन गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन्।

असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघ-संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।

असोज ४ गते जागरणमूलक कार्यक्रम, दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासमा कार्यक्रम गर्ने भएको हो। उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्।

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहका कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने, स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकामा संविधानसँग सम्बन्धित सन्देश तथा कार्यक्रम प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने