संविधान दिवस तीन दिन मनाइने

संविधान दिवस तीन दिन मनाइने : Icon Khabar

काठमाडौं, भदौ २७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले गत भदौ १८ गते भएको निर्णय अनुसार संविधान दिवस मनाउने मूल समारोह समितिबाट असोज २, ३ र ४ गते नेपालको संविधानका विषयमा केन्द्रीत रही विशेष संवाददेखि स्मारिका, लेख/रचना प्रकाशन र सार्वजनिक निकायका कार्यालयहरुमा दीप प्रज्ज्वलन गर्न सम्बन्धित सबै निकायमा अनुरोध गरिएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन्।

असोज ३ गते सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघ-संस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन्।

असोज ४ गते जागरणमूलक कार्यक्रम, दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासमा कार्यक्रम गर्ने भएको हो। उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन्।

उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहका कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने, स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकामा संविधानसँग सम्बन्धित सन्देश तथा कार्यक्रम प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरिएको छ ।

Published Date: 13 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग