नेपाली भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी विशालको कीर्तिमान : Icon Khabar

काठमाडौं, भदौ २७ । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।

विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा १२५, क्लिन एन्ड जर्कमा १६१ र कुलमा २८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।

Published Date: 13 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग