नेपाली भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी विशालको कीर्तिमान : Icon Khabar

काठमाडौं, भदौ २७ । नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।

विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा १२५, क्लिन एन्ड जर्कमा १६१ र कुलमा २८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न