माधुरी दीक्षितले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु

माधुरी दीक्षितले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु : Icon Khabar

मुम्बई, भदौ २७ । बलिउडका लोकप्रिय अभिनेत्रीहरु मध्येकी एक हुन् माधुरी दीक्षित । उनी अहिले पनि अभिनय र विभिन्न टेलिभिजन शोहरुमा उत्तिकै सक्रिय छिन् ।

माधुरी दीक्षित अभिनयका साथै सुन्दरताका कारण पनि चर्चामा रहन्छिन् । आज पनि माधुरीको नृत्य र मुस्कानका लाखौँ प्रशंसक
छन् । माधुरीले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु रहेका छन् ।

माधुरीले आफ्नो परिचय बनाउनका लागि धेरै मेहनत गरेकी छिन् । उनी धेरै मेहिनती भएको कुरा कोरियोग्राफर सरोज खानले एउटा अन्तरुवार्ताको क्रममा बताएकी थिइन् । माधुरीले ‘एक दुई तीन…’ बोलको गीतका लागि कडा मेहनत गरेको सरोजले बताएकी थिइन् ।

आफ्नो करियरमा सफल हुने हो भने कडा मेहनत गर्नु पर्छ भन्ने मान्यता माधुरीको रहेको छ । कुनै पनि काममा उत्कृष्ट नतिजा ल्याउनका लागि कडा मेहनतका साथै पूर्व तयारी हुनु आवश्यक छ । माधुरी डान्सको तयारी नगरी कहिले पनि शूटिङमा जान्न थिइन् ।

आज माधुरी एक सफल अभिनेत्रीको रुपमा स्थापित हुनुको पछाडिको रहस्य भनेकै सफलता नपाएसम्म त्यसमा लागिरहने र कोशिश गरिरहने उनको बानीका कारण हो ।

जीवनको कुनै पनि समयमा हार नमान्नु नै उनको ठूलो शक्ति हो । उनले आफूलाई सधैं सफल भएको सपना देख्ने गरेको र त्यो सपनालाई साकार बनाउनका लागि यति धेरै तयारी गरिन्, जसले उनको आत्मविश्वास बढ्दै गयो ।

त्यसकारण आज पनि उनी एक सफल र लोकप्रिय अभिनेत्रीको रुपमा स्थापित छिन् ।

Published Date: 13 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु