माधुरी दीक्षितले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु

माधुरी दीक्षितले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु : Icon Khabar

मुम्बई, भदौ २७ । बलिउडका लोकप्रिय अभिनेत्रीहरु मध्येकी एक हुन् माधुरी दीक्षित । उनी अहिले पनि अभिनय र विभिन्न टेलिभिजन शोहरुमा उत्तिकै सक्रिय छिन् ।

माधुरी दीक्षित अभिनयका साथै सुन्दरताका कारण पनि चर्चामा रहन्छिन् । आज पनि माधुरीको नृत्य र मुस्कानका लाखौँ प्रशंसक
छन् । माधुरीले पाएको सफलताका पछाडि विभिन्न रहस्यहरु रहेका छन् ।

माधुरीले आफ्नो परिचय बनाउनका लागि धेरै मेहनत गरेकी छिन् । उनी धेरै मेहिनती भएको कुरा कोरियोग्राफर सरोज खानले एउटा अन्तरुवार्ताको क्रममा बताएकी थिइन् । माधुरीले ‘एक दुई तीन…’ बोलको गीतका लागि कडा मेहनत गरेको सरोजले बताएकी थिइन् ।

आफ्नो करियरमा सफल हुने हो भने कडा मेहनत गर्नु पर्छ भन्ने मान्यता माधुरीको रहेको छ । कुनै पनि काममा उत्कृष्ट नतिजा ल्याउनका लागि कडा मेहनतका साथै पूर्व तयारी हुनु आवश्यक छ । माधुरी डान्सको तयारी नगरी कहिले पनि शूटिङमा जान्न थिइन् ।

आज माधुरी एक सफल अभिनेत्रीको रुपमा स्थापित हुनुको पछाडिको रहस्य भनेकै सफलता नपाएसम्म त्यसमा लागिरहने र कोशिश गरिरहने उनको बानीका कारण हो ।

जीवनको कुनै पनि समयमा हार नमान्नु नै उनको ठूलो शक्ति हो । उनले आफूलाई सधैं सफल भएको सपना देख्ने गरेको र त्यो सपनालाई साकार बनाउनका लागि यति धेरै तयारी गरिन्, जसले उनको आत्मविश्वास बढ्दै गयो ।

त्यसकारण आज पनि उनी एक सफल र लोकप्रिय अभिनेत्रीको रुपमा स्थापित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने