शुक्रबारदेखि प्रदर्शनमा आउने नयाँ फिल्म ‘एक भागवत र एक गीता’ ले पायो यूनिभर्सल सर्टिफिकेट

शुक्रबारदेखि प्रदर्शनमा आउने नयाँ फिल्म ‘एक भागवत र एक गीता’ ले पायो यूनिभर्सल सर्टिफिकेट : Icon Khabar

काठमाडौं, भदौ २७ । भदौ २९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सुनिल कुमार थापाको नयाँ फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले मंगलबार यो फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

लामो समयदेखि शीर्षक विवादमा अल्झिएको यो फिल्मलाई आइतवार चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिश पत्र दिएको थियो ।

सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएसंगै यो फिल्म अब हरेक उमेर समुहका दर्शकले हेर्न पाउने छन् ।

निर्देशक झरना थापाले शीर्षक विवादले सेन्सरमा केही ढिलाई भए पनि सेन्सर पास भएर दर्शकमाझ फिल्म ल्याउन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन् ।

सेन्सरमा फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरिएकोमा निर्देशक थापा उत्साहित भएकी छिन् ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीले यो फिल्म हेरेका हुन् । बोर्डले फिल्मको अवधि घण्टा १९ मिनेट निर्धारण गरेको छ । बोर्डले फिल्मका कुनै पनि दृश्य तथा संवादमा कैञ्ची नचलाएको निर्माता सुनिलकुमार थापाको भनाइ छ ।

‘फिल्ममार्फत तराईदेखि पहाड सम्मलाई जोड्नु भएको छ । संस्कृति जोगाउनु भएको छ । मौलिकता पेश गर्नु भएको छ’ भनेर बधाई दिनु भयो,’ निर्माता थापाको भनाइ छ ।

आफूहरुले धर्ममा आँच आउने कुनै कार्य नगरेको फिल्म सेन्सर पास भएपछि पुष्टि भएको निर्माता थापाले बताए । ‘हामीले पहिल्यैदेखि भन्दै आइरहेका थियौं धार्मिक कुरामा आँच आउने कुरा गरेका छैनौं,’ निर्माता थापाले भने– ‘उल्टो सेन्सर बोर्डबाट वधाई प्राप्त भयो ।’

सेन्सरका प्रतिनिधिले फिल्ममा अभिनेता विपिन कार्कीको कमलामाई अवतारलाई मन पराएका छन् भने धिरज मगर, सुहाना थापा तथा बाल कलाकार जेभिस र जेभिन श्रेष्ठको अभिनयलाई रुचाएका हुन् ।

जनकपुरको सेटिङमा खिचिएको यो फिल्ममा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

Published Date: 13 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न