ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी

ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी : Icon Khabar

काठमाडौं, भदौ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ । सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको सीआईबीले जनाएको छ । त्यस्तै, सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने