ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी

ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको देखियो: सीआईबी : Icon Khabar

काठमाडौं, भदौ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ । सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको सीआईबीले जनाएको छ । त्यस्तै, सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

Published Date: 13 September 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड