आईफोन १५ सिरिज सार्वजनिक, अब आईफोनमा चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध

आईफोन १५ सिरिज सार्वजनिक, अब आईफोनमा चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध : Icon Khabar

काठमाडौँ, भदौ २७ । प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार राती ‘वन्डरलस्ट’ इभेन्टमा आईफोन १५ सिरिज तथा एप्पल वाच सिरिज ९ लन्च गरेको छ। यसका साथै एप्पले इभेन्टमा एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको छ।

कम्पनीले पहिलो पटक चार्जिङ्गको लागि टाइप सी पोर्ट उपलब्ध गराएको छ। अहिलेसम्म एप्पलले आइफोनमा लाइटनिङ्ग पोर्ट मात्र उपलब्ध गराएको थियो।

एप्पलले आईफोन १५ मा ४८ मेगापिक्सलको मेन क्यामरा दिएको छ। आईफोन १५ र १५ प्लसमा ए १६ बायोनिक चिप जडान गरिएको छ। त्यस्तै, आईफोन १५ प्रो र प्रो म्याक्समा ए १७ बायोनिक चिप उपलब्ध गराएको छ। प्रो मोडलहरुमा टाइटेनियमको पनि प्रयोग गरिएको बताएको छ।

एप्पलले १२८ जीबी भेरियन्टका आईफोन १५ को सुरुवाती मूल्य ७९९ डलर तोकेको छ भने १२८ जीबी स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर तोकेको छ। त्यस्तै २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर र २५६ जीबी स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर निर्धारण गरेको छ।

नयाँ आईफोन १५ सेप्टेम्बर अर्थात शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि–अर्डर गर्न सकिनेछ। त्यस्तै, आईफोन १५ का सिरिजहरु सेप्टेम्बर २२ देखि उपलब्ध हुने एप्पलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू