विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा कानून मन्त्री गुरुङको चिन्ता

विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा कानून मन्त्री गुरुङको चिन्ता : Icon Khabar

काठमाडौं, भदौ २७ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उपभोक्ता संरक्षण महासंघको मंगलबारको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उपभोक्ता अधिकार हनन भइरहेकामा चिन्ता व्यक्त गरेका हुन् । बारम्बार बजार अनुगमनका घटना भईरहँदा पनि नेपाली उपभोक्ता विभिन्न अनैतिक मार्केटिङ अभ्यासको सिकार भइरहेको उनले बताए ।

मन्त्री गुरुङले बेइमान व्यवसायीले आफ्नो व्यवसायमा छिट्टै नाफा कमाउने चाहनाले उपभोक्ता अधिकारको सुधार हुन नसकेको बताए । उपभोक्ता अधिकार उल्लङ्घनमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा ल्याइने उनको भनाइ छ । उनले व्यवसायीलाई इमान्दारी र निष्ठाका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

Published Date: 13 September 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड