विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा कानून मन्त्री गुरुङको चिन्ता

विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा कानून मन्त्री गुरुङको चिन्ता : Icon Khabar

काठमाडौं, भदौ २७ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विभिन्न परिस्थितिमा उपभोक्ता ठगी भइरहेकामा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उपभोक्ता संरक्षण महासंघको मंगलबारको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले उपभोक्ता अधिकार हनन भइरहेकामा चिन्ता व्यक्त गरेका हुन् । बारम्बार बजार अनुगमनका घटना भईरहँदा पनि नेपाली उपभोक्ता विभिन्न अनैतिक मार्केटिङ अभ्यासको सिकार भइरहेको उनले बताए ।

मन्त्री गुरुङले बेइमान व्यवसायीले आफ्नो व्यवसायमा छिट्टै नाफा कमाउने चाहनाले उपभोक्ता अधिकारको सुधार हुन नसकेको बताए । उपभोक्ता अधिकार उल्लङ्घनमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा ल्याइने उनको भनाइ छ । उनले व्यवसायीलाई इमान्दारी र निष्ठाका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू