माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले? : Icon Khabar

काठमाडौं, भदौ २७ । माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो