माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले? : Icon Khabar

काठमाडौं, भदौ २७ । माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

Published Date: 13 September 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड