उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर : Icon Khabar

काठमाडौं, भदौ २६ । नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ।

सो कार्यमा बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए।

नेपालभर २२८ शाखा, २०४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत् करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ प्रविधिमार्फत् सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

Published Date: 12 September 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड