तारा एयरले गर्यो पोखरा–जोमसोम उडान सुचारु

तारा एयरले गर्यो पोखरा–जोमसोम उडान सुचारु : Icon Khabar

काठमाडौं, भदौ २४ । पर्यटकीय सिजन सुरु भएसँगै तारा एयरले पोखरा–जोमसोम उडान सुचारु गरेको छ ।

प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम रुट तीन महिनादेखि अस्थायी रूपमा ठप्प भएपनि पर्यटकीय सिजनको आगमनसँगै परिस्थितिमा सुधार आएपछि तारा एयरले आजबाट अत्यावश्यक सेवा सञ्चालन गरेको हो ।

तारा एयरले जोमसोम रुटका लागि मात्र पोखरामा एउटा जहाज राख्नेछ, जसले दैनिक पाँच उडानको फ्रिक्वेन्सी प्रदान गर्नेछ। समुन्द्री सतहबाट २,७३६ मिटरको उचाइमा रहेको जोमसोम विमानस्थल यस क्षेत्र घुम्न जाने यात्रुहरूको लागि महत्वपूर्ण केन्द्र बनेको छ।

पोखरा-जोमसोम रुट बाहेक, तारा एयरले सिमकोट, लुक्ला, फाप्लु र दुनै लगायतका ट्विनअटर विमानहरू प्रयोग गरी अन्य विभिन्न गन्तव्यहरूमा नियमित उडानहरू जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 September 2023
Website | + posts