मोरक्कोमा भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाको मृत्यु

मोरक्कोमा भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, भदौ २४ । मोरक्कोमा विनाशकारी भूकम्पमा परी अहिलेसम्म दुई हजार १२ जनाले ज्यान गुमाएका छन् भने ५९ जना घाइते भएका छन् ।

मोरक्कोमा भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शनिवार तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । मोरक्कोमा शुक्रवार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइमा भूकम्प केन्द्रबिन्दु बनाएर गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु मोरक्कोको चौथो ठुलो सहर र लोकप्रिय पर्यटकीय गन्तव्य माराकेसबाट ७० किलोमिटर दक्षिण पश्चिम रहेको अल हाउस प्रान्तको इघिल सहर नजिक छ । भूकम्पमा परी मृत्यु हुनेमा धेरैजसो भूकम्पको केन्द्र नजिकैको दुर्गम पहाडी क्षेत्रमा रहेका बासिन्दा भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । भूकम्पका कारण सडक क्षतिग्रस्त हुँदा उद्धार कार्यमा समस्या भएको छ । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

तौराडान्ट र माराकेस सहरहरूमा धेरै घरहरू भत्किएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, युएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबिया लगायतका देशले पनि सहयोग गरेका छन् ।

Published Date: 10 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु