चीनका राष्ट्रपति भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने

चीनका राष्ट्रपति भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने : Icon Khabar

नयाँदिल्ली, भदौ १८ । चीनका राष्ट्रपति सी चिनफिङ भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । सोमबार चिनियाँ विदेश मन्त्रालयले सी सम्मेलनमा नआउने पुष्टि गरेको हो । राष्ट्रपति सीको सट्टा चिनियाँ प्रधानमन्त्री ली चियाङ दिल्ली आउने भएका छन् ।

जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० मा नयाँदिल्लीमा हुँदै छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निंगले संक्षिप्त बयान जारी गर्दै सीको अनुपस्थितिबारे जानकारी दिएका हुन् । यद्यपि, उनी भारत नआउनुको कारण भने खुलाइएको छैन ।

यसै साता इन्डोनेसियामा हुने आसियान शिखर सम्मेलनमा पनि सीले भाग नलिने बताइएको छ । जी–२० सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नआउने घोषणा भइसकेको छ । युक्रेनसँगको युद्धका कारण पुटिन अन्तर्राष्ट्रिय मञ्चहरूमा कमै उपस्थित भएका छन् । जी–२० सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लावरोभले गर्नेछन् । हालै मात्र दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सम्मेलनमा पनि पुटिनले भाग लिएनन् ।

Published Date: 05 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी