चीनका राष्ट्रपति भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने

चीनका राष्ट्रपति भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने : Icon Khabar

नयाँदिल्ली, भदौ १८ । चीनका राष्ट्रपति सी चिनफिङ भारतमा यसै साता हुने जी–२० को शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । सोमबार चिनियाँ विदेश मन्त्रालयले सी सम्मेलनमा नआउने पुष्टि गरेको हो । राष्ट्रपति सीको सट्टा चिनियाँ प्रधानमन्त्री ली चियाङ दिल्ली आउने भएका छन् ।

जी–२० को शिखर सम्मेलन सेप्टेम्बर ९ र १० मा नयाँदिल्लीमा हुँदै छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निंगले संक्षिप्त बयान जारी गर्दै सीको अनुपस्थितिबारे जानकारी दिएका हुन् । यद्यपि, उनी भारत नआउनुको कारण भने खुलाइएको छैन ।

यसै साता इन्डोनेसियामा हुने आसियान शिखर सम्मेलनमा पनि सीले भाग नलिने बताइएको छ । जी–२० सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नआउने घोषणा भइसकेको छ । युक्रेनसँगको युद्धका कारण पुटिन अन्तर्राष्ट्रिय मञ्चहरूमा कमै उपस्थित भएका छन् । जी–२० सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लावरोभले गर्नेछन् । हालै मात्र दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सम्मेलनमा पनि पुटिनले भाग लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 September 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित