आज भारी वर्षाको सम्भावना

आज भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, भदौ १८ । मनसुन न्यून चापीय रेखाको धुरी अहिले हिमालयन तराईमा रहेको छ । बङ्गालको खाडीको उत्तरपूर्वी भूभागमा विकसित न्यून चापीय रेखाको आंशिक प्रभावले पनि देशका अधिकांश भूभागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा अहिले सामान्य परिवर्तन भइरहेका छन् भने बाँकी प्रदेशका केही क्षेत्रमा सामान्य परिवर्तन भइरहेका छन् । अहिले कोशी मधेस, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजको दिनमा आंशिक देखि सामान्य परिवर्तन हुनेछ।

कोशी, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज बिहानैदेखि काठमाडौं उपत्यकाको मौसममा बदली भएको छ । उपत्यकामा आज पनि वर्षाको सम्भावना रहेको छ ।

Published Date: 04 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु