राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, भदौ १८ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयाेर्कमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सो अवसरमा उहाँहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2023
Website | + posts