भक्तपुरमा सापारूको अवसरमा आधुनिक एवं परम्परागत सांस्कृतिक विधाहरुको मूल्यांकन हुँदै

भक्तपुरमा सापारूको अवसरमा आधुनिक एवं परम्परागत सांस्कृतिक विधाहरुको मूल्यांकन हुँदै : Icon Khabar

भक्तपुर, भदौ १७ । भक्तपुर नगरमा रहेका साँस्कृतिक विधाहरुको संरक्षण र सम्बर्द्धनको लागि गुन्हीपुन्ही सापारुदेखि कृष्णाष्टमीसम्म प्रदर्शन गरिने आधुनिक एवं परम्परागत सांस्कृतिक विधाहरुको मूल्यांकन गर्ने कार्यक्रम प्रत्यक दिन भैरहेको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिका आफैले तोकेका मूल्यांकनका स्थल भक्तपुर नपा वडा नं ४ स्थित नासमना टोल, भनपा वडा नं ९ स्थित दत्तात्रय परिसर र भनपा–६ स्थित भोलाछें टोल रहेको छ ।

उक्त कार्यक्रममा प्रस्तुत भईरहेका साँस्कृतिक विधाहरुमा भैल प्याखं, ख्या प्याखं, कवांचा प्याखं, खिचा प्याखं, फाकंदली प्याखं, माक प्याखं, जंगली प्याखं, देवी प्याखं र म्हेखा प्याखं लगायतका रहेका छन्।

Published Date: 03 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता