आज पाटनमा मनाइयो मतयाः पर्व

आज पाटनमा मनाइयो मतयाः पर्व : Icon Khabar
तस्बिर: विकास द्वारे

ललितपुर, भदौ १५ । प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहिआएको छ । यस पर्वमा दिवङ्गत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गर्छन् ।

पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध छ । बौद्ध धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने ‘गुँला’ (प्रायः श्रावण महिनाको दोस्रो हप्ताबाट सुरु हुने पर्व)को सुरुवातसँगै पाटनमा मानिसहरु मतयाः लाई स्वागत गर्न केही रात बाजागाजासहित सहरको परिक्रमा गर्दछन् ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी