काठमाडौँको वसन्तपुरमा आज सापारु अर्थात गाईजात्राको रौनक

काठमाडौँको वसन्तपुरमा आज सापारु अर्थात गाईजात्राको रौनक : Icon Khabar
तस्बिर: कान्तिपुर

काठमाडौँ, भदौ १५ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज काठमाडौँमा मनाइँदैछ । गाईजात्राकै अवसरमा आज काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।

मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी बाँच्न प्रेरित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने