काठमाडौँको वसन्तपुरमा आज सापारु अर्थात गाईजात्राको रौनक

काठमाडौँको वसन्तपुरमा आज सापारु अर्थात गाईजात्राको रौनक : Icon Khabar
तस्बिर: कान्तिपुर

काठमाडौँ, भदौ १५ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज काठमाडौँमा मनाइँदैछ । गाईजात्राकै अवसरमा आज काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।

मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी बाँच्न प्रेरित गर्दछ ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी