बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’को सुखद सुरुवात भएको निर्माण पक्षको भनाई

बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’को सुखद सुरुवात भएको निर्माण पक्षको भनाई : Icon Khabar

काठमाडौं, भदौ १५ । हिजो बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’ ले सुखद् सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।

निर्माण टिमका अनुसार फिल्मको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भए पनि दिउँसो २ बजेपछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी रहेको थियो ।

निर्देशक कृषा चौलागाईले जनै पूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिए पनि दिउँसोदेखि पिकअप लिएको बताइन् । अभिनेत्री स्वस्तिमा खड्का र वर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफूहरु दर्शक प्रतिक्रिया लिन हल पुगेको बताए ।

हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन्, आउनु होला भनेकाले आफूहरु उत्साहित भएर दर्शक प्रतिक्रिया लिन पुगेको अभिनेत्रीहरुको भनाइ छ ।

निर्देशक चौलागाईँले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । ‘हामीलाई फिल्म हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । शुक्रबार र शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास छ, निर्देशक चौलागाईँको भनाइ छ ।

बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र वर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । फिल्मको निर्माण टिम र कलाकार पुगेका सबै सिनेमा हलमा शो हाउसफुल थिए ।

फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ पनि फिल्मले राम्रो ओपनिङ गरेपछि खुशी देखिएका छन् । वितरक कट्टेलले भन्छन्– ‘फिल्मले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएका छन् । अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा राम्रो ब्यापार गर्ने अपेक्षा छ ।’

उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि फिल्मले राम्रो सुरुवात गरेको जानकारी दिएका छन् ।

‘‘काले केटाले’ गीतका कारण चर्चामा रहेको यो फिल्मले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने