बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’को सुखद सुरुवात भएको निर्माण पक्षको भनाई

बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’को सुखद सुरुवात भएको निर्माण पक्षको भनाई : Icon Khabar

काठमाडौं, भदौ १५ । हिजो बिहिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ऐँचो पैँचो’ ले सुखद् सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।

निर्माण टिमका अनुसार फिल्मको बिहानी शोमा ३० प्रतिशत ओपनिङ भए पनि दिउँसो २ बजेपछिको शोमा भने ८० प्रतिशत आसपासको अकुपेन्सी रहेको थियो ।

निर्देशक कृषा चौलागाईले जनै पूर्णिमाका कारण बिहानी शो केही कमजोर देखिए पनि दिउँसोदेखि पिकअप लिएको बताइन् । अभिनेत्री स्वस्तिमा खड्का र वर्षा राउतले पनि दिउँसोको शोमा दर्शकको राम्रो साथ पाएकाले आफूहरु दर्शक प्रतिक्रिया लिन हल पुगेको बताए ।

हल सञ्चालकहरुले हाम्रो हलमा दिउँसोका शोहरु हाउसफुल छन्, आउनु होला भनेकाले आफूहरु उत्साहित भएर दर्शक प्रतिक्रिया लिन पुगेको अभिनेत्रीहरुको भनाइ छ ।

निर्देशक चौलागाईँले एफक्युब, क्युएफएक्स लबिम, सिभिल र भक्तपुर पुगेर दर्शक प्रतिक्रिया लिएको बताइन् । ‘हामीलाई फिल्म हेरेका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । शुक्रबार र शनिबार बिदा भएकाले पनि दर्शक सङख्या अझै बढ्ने विश्वास छ, निर्देशक चौलागाईँको भनाइ छ ।

बिहीबार निर्माता विशाल चौलागाई, अभिनेत्री स्वस्तिमा र वर्षा, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौला विभिन्न राजधानीमा हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । फिल्मको निर्माण टिम र कलाकार पुगेका सबै सिनेमा हलमा शो हाउसफुल थिए ।

फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ पनि फिल्मले राम्रो ओपनिङ गरेपछि खुशी देखिएका छन् । वितरक कट्टेलले भन्छन्– ‘फिल्मले बिहीबार राम्रो ब्यापार गरेकाले शुक्रबार र शनिबारका लागि धेरै ठाउँमा शोहरु थपिएका छन् । अब विकेण्डमा दर्शकबाट सकारात्मक वर्ड अफ माउथ मिलेको खण्डमा राम्रो ब्यापार गर्ने अपेक्षा छ ।’

उनीहरुले काठमाडौं उपत्यकामा मात्रै नभई मोफसलमा पनि फिल्मले राम्रो सुरुवात गरेको जानकारी दिएका छन् ।

‘‘काले केटाले’ गीतका कारण चर्चामा रहेको यो फिल्मले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

Published Date: 01 September 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता