सर्वाेच्च अदालतमा आजबाट स्वचालित पेशी प्रणालीको सुरुवात

सर्वाेच्च अदालतमा आजबाट स्वचालित पेशी प्रणालीको सुरुवात : Icon Khabar

काठमाडौं, भदौ ११ । सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुवात गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन् ।

उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । स्वचालित पेशी तारेख प्रणालीले कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ ।

स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको जानकारी दिएका प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीलाई क्रमशः अन्य अदालतमा पनि लागु गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने