संसदीय समितिको अध्यक्षका लागि आज उम्मेदवारी मनोनयन हुँदै

संसदीय समितिको अध्यक्षका लागि आज उम्मेदवारी मनोनयन हुँदै : Icon Khabar

काठमाडौं, भदौ १० । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि आजबाट संसदीय समितिको नेतृत्व चयनको प्रक्रिया औपचारिक रुपमा सुरु हुँदैछ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले सोमबार दिउँसो ३ बजेका लागि १० वटै विषयगत समितिको अध्यक्षको निर्वाचन तोकिएको घोषणा गरे ।

आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको संसद सचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

यसपटक प्रतिनिधिसभाअन्तर्गतका दुई संयुक्त समिति र १० विषयगत समितिमध्ये सत्तारुढ नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी)ले एक सिट र जनता पार्टी एक जितेको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था समिति र सुशासन समिति रहेका छन् ।

पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व पाउनेछन् ।

Published Date: 27 August 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक