नेपाल विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठायो

नेपाल विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठायो : Icon Khabar

काठमाडौं, भदौ ७ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकलाई सम्बन्धित संसदीय समितिमा पठाउन माग गर्दै प्रतिनिधिसभाको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्ताव प्रस्तुत गरे, जसलाई सांसदहरुले सर्वसम्मतिले अनुमोदन गरेका थिए । विधेयक राष्ट्रिय सभाबाट आएको हो ।

त्यसैगरी, सङ्क्रमणकालीन न्याय संयन्त्रको म्याद थपिएको पनि बैठकमा जानकारी गराइएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०६३ को दफा ४२ को उपधारा २ बमोजिम सङ्क्रमणकालीन संयन्त्रको म्याद थप गर्न मन्त्रिपरिषद् गठन आदेश प्रस्तुत गरेका थिए । 2071 संसद अघि।

आदेशअनुसार दुवै संयन्त्रको म्याद सन् २०२४ माघसम्म लम्बिने मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

Published Date: 24 August 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु