नेपाल विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठायो

नेपाल विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठायो : Icon Khabar

काठमाडौं, भदौ ७ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकलाई सम्बन्धित संसदीय समितिमा पठाउन माग गर्दै प्रतिनिधिसभाको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्ताव प्रस्तुत गरे, जसलाई सांसदहरुले सर्वसम्मतिले अनुमोदन गरेका थिए । विधेयक राष्ट्रिय सभाबाट आएको हो ।

त्यसैगरी, सङ्क्रमणकालीन न्याय संयन्त्रको म्याद थपिएको पनि बैठकमा जानकारी गराइएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०६३ को दफा ४२ को उपधारा २ बमोजिम सङ्क्रमणकालीन संयन्त्रको म्याद थप गर्न मन्त्रिपरिषद् गठन आदेश प्रस्तुत गरेका थिए । 2071 संसद अघि।

आदेशअनुसार दुवै संयन्त्रको म्याद सन् २०२४ माघसम्म लम्बिने मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने