चालु आर्थिक वर्षको पहिलो महिनामा आयात १.५६ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पहिलो महिनामा आयात १.५६ प्रतिशतले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ७ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको छ भने आयात पनि १ दशमलव ५६ प्रतिशतले घटेको छ ।

भन्सार विभागले राखेको अभिलेखले गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ८० करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षको असार मसान्त र भदौ मसान्तमा १३ अर्ब ५२ करोड रुपैयाँ निर्यात आम्दानी गरेको देखाएको छ । त्यस्तै, देशको आयात खर्च पनि समीक्षा अवधिमा १३१ अर्ब २८ करोड रुपैयाँबाट घटेर १२९ अर्ब २३ करोड रुपैयाँमा झरेको छ ।

आयात घटेसँगै नेपालको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा १४६ अर्ब ९ करोड रुपैयाँ रहेको मुलुकको व्यापार घाटा चालु आर्थिक वर्षको सोही अवधिमा १४२ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 August 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने