भक्तपुरका अधिकांश सहकारीहरुले बिना धितो ऋण प्रदान गरेको भेटियो

भक्तपुरका अधिकांश सहकारीहरुले बिना धितो ऋण प्रदान गरेको भेटियो : Icon Khabar

भक्तपुर, भदौ ४ । भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ७ स्थित बागमती प्रदेशअन्तर्गतका बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ ।

आज अनुगमन भएको अधिकांश सहकारी संस्थाले भनपामा मासिक प्रतिवेश पेश नगरेको, विना धितो ऋण प्रदान गरेको, केही वर्षदेखि घाटामा सञ्चालन गरेको, ११ वर्षदेखि सञ्चालक परिवर्तन नभएको, मासिक बचत गर्ने कम रहेको, सञ्चालक समितिको निर्णय विना ऋण प्रदान गरेको, घाटामा गए पनि लाभांश वितरण गरेको, मुद्दतीलाई बढी ब्याज वितरण गरिएको, सामुदायिक हितको निम्ति गतिविधि नगरेको, सञ्चालक र कर्मचारीलाई सहकारीबारे ज्ञान नभएको भटिएको छ।

अनुगमनमा सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकला, सहकारी समितिका सदस्यहरु हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां र तारादेवी शाक्यको उपस्थिति थियो ।

Published Date: 21 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु