भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिन सरकार प्रतिवद्ध छ: उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिन सरकार प्रतिवद्ध छ: उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

गोरखा, भदौ १ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोषलाई कारबाही नहुने र दोषीलाई छाड्न नदिने आश्वासन दिएका छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार सत्तामा रहेसम्म भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी रूपमा निरन्तरता दिइने बताए ।

उनले अनुसन्धान र प्रमाणका आधारमा दोषीलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाउँदै ऋण पीडितलाई न्याय दिने अभियान पनि अघि बढेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकमा भएका राजनीतिक परिवर्तनका क्रममा शान्ति सुरक्षा कायम हुने र सर्वसाधारणका दैनिक आवश्यकता पूरा भएर नयाँ जीवनको अनुभूति गर्न सक्ने गरी समाज रुपान्तरण गर्न चाहेको बताए ।

उनले भने, ‘हामी यस्तो राष्ट्र निर्माण गर्न चाहन्छौं जहाँ भ्रष्टाचारी, अपराधी र तस्करले आफ्नो दिन सकियो भन्ने महसुस गरोस ।

सुशासन र समृद्धिको अभियानलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरणको प्रमुख एजेण्डाका रुपमा राखेर सङ्घीय सरकारले अगाडि बढेको उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले भने, ‘सुशासन कायम गर्ने र नागरिकलाई विकासको प्रतिफल दिने दृढ संकल्पका साथ अगाडि बढ्छौं ।

Published Date: 18 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी