भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिन सरकार प्रतिवद्ध छ: उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिन सरकार प्रतिवद्ध छ: उपप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

गोरखा, भदौ १ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोषलाई कारबाही नहुने र दोषीलाई छाड्न नदिने आश्वासन दिएका छन् ।

गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार सत्तामा रहेसम्म भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी रूपमा निरन्तरता दिइने बताए ।

उनले अनुसन्धान र प्रमाणका आधारमा दोषीलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाउँदै ऋण पीडितलाई न्याय दिने अभियान पनि अघि बढेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकमा भएका राजनीतिक परिवर्तनका क्रममा शान्ति सुरक्षा कायम हुने र सर्वसाधारणका दैनिक आवश्यकता पूरा भएर नयाँ जीवनको अनुभूति गर्न सक्ने गरी समाज रुपान्तरण गर्न चाहेको बताए ।

उनले भने, ‘हामी यस्तो राष्ट्र निर्माण गर्न चाहन्छौं जहाँ भ्रष्टाचारी, अपराधी र तस्करले आफ्नो दिन सकियो भन्ने महसुस गरोस ।

सुशासन र समृद्धिको अभियानलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरणको प्रमुख एजेण्डाका रुपमा राखेर सङ्घीय सरकारले अगाडि बढेको उनको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले भने, ‘सुशासन कायम गर्ने र नागरिकलाई विकासको प्रतिफल दिने दृढ संकल्पका साथ अगाडि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने