कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै

कबड्डी टोली विशेष प्रशिक्षणका लागि भारत जाँदै : Icon Khabar

काठमाडौं, भदौ १ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली शनिबार भारत जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति विष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडु, अर्पणा चौधरी, गंगा चौधरी, इशा राई र कलावती पन्त रहेका छन् ।

प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केहि दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग