रिद्धि सिद्धि सिमेन्ट लि.को “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमबाट ११ विद्याथी लाभान्वित

रिद्धि सिद्धि सिमेन्ट लि.को “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमबाट ११ विद्याथी लाभान्वित : Icon Khabar

काठमाडौं, भाद्र १ । रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए र एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै IQ परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन्।

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रथम पुरस्कार पाउने ईशान्त कुमार मिश्र ,दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरु ( शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान ) रहेका छन् ।

विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा संचालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्याथीलाई शैक्षिक क्षेत्रर्मा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरुलाई पनि पठन पाठन तर्फ आकर्षित गरेर SMART विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।

Published Date: 18 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी