रिद्धि सिद्धि सिमेन्ट लि.को “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमबाट ११ विद्याथी लाभान्वित

रिद्धि सिद्धि सिमेन्ट लि.को “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमबाट ११ विद्याथी लाभान्वित : Icon Khabar

काठमाडौं, भाद्र १ । रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरि ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थीहरु सहभागी भएका थिए र एस.ई.ई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै IQ परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन्।

छात्रवृत्ति पाउने विद्यार्थीहरुमा प्रथम पुरस्कार पाउने ईशान्त कुमार मिश्र ,दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरु ( शिवम् पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान ) रहेका छन् ।

विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा संचालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्याथीलाई शैक्षिक क्षेत्रर्मा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरुलाई पनि पठन पाठन तर्फ आकर्षित गरेर SMART विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न