भक्तपुर नगरमा २ दिने बाली स्वास्थ्य उपचार शिविर सुरू

भक्तपुर नगरमा २ दिने बाली स्वास्थ्य उपचार शिविर सुरू : Icon Khabar

भक्तपुर, भदौ १ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाको पुरानो भवन अगाडि दरबार क्षेत्रमा २ दिने बाली स्वास्थ्य शिविरको पहिलो दिनको कार्यक्रम आज सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषिप्रधान देश नेपालका कृषिबाट उत्पादित बस्तुहरुको निर्यात भन्दा आयात बढी भएको बताउदै आयात बढ्नुमा दिनानुदिन युवाहरु विदेशीदै जानु, खेतीयोग्य जमीन बाझो रहनु, मलखादको उपलब्धता नहुनु र सिंचाईको उचित व्यवस्थापन नुहुनु प्रमुख कारणहरु रहेको बताए।

उनले किटनाशक औषधीको सुलभ उपलब्धता नहुँदा बालीहरुमा रोग र किराबाट नोक्सानी भएको बताउदै कृषि प्राविधिक जनशक्तिको अभाव भैरहेको उल्लेख गरे। नेपालमा वैज्ञानिक खेतीलाई प्राथमिकतामा राख्नुपर्ने र वडा–वडामा कृषि स्वास्थ्य शिविर तथा सम्भव भएसम्म खेतमै गएर उपचार विधिरबारे कृषकहरुलाई सिकाउन सके प्रभावकारी हुने उनले बताए।

कार्यक्रमका सभापति एवं कृषि समितिका संयोजक राजकृष्ण गोराले २ दिने बाली स्वास्थ्य उपचार शिविरको महत्वमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा कुल ३९ वटा नमूना संकलन भएको थियो जसमा तरकारी बालीका १२ वटा, फलफूल बालीका ५ वटा, फूल बालीका २ वटा र धान बालीका २० वटा नमूना रहेको थियो । संकलित धानबालीका नमूनाहरुमा अधिकांश गवारो र डढुवा रोग देखिएको तथा कुनैमा मलखादको कमी देखिएको थियो ।

बाली स्वास्थ्य उपचार शिविरको दोस्रो दिनको कार्यक्रम आउँदो २०८० भाद्र ३ गते बुधबार विहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म भनपा–९ स्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन पाटीमा हुने आयोजक समितिले जनाएको छ ।

Published Date: 18 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी