रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने

रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने : Icon Khabar

हुम्ला, भदौ १ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने भएको छ । जिल्लामा खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पठाउन लागेको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जानकारी दिए।

उनले खाद्य कम्पनी काठमाडौंबाट खाद्यान्न बुझेर लोड गरिएको गाडी भदौ २ गते ल्याइन लागेका बताए। सो खाद्यान्न भदौ पहिलो हप्ताभित्र हिल्सा हुँदै सिमकोट ढुवानी हुनेछ ।

उक्त खाद्यान्नमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । मार्गबाट आउनुपर्ने सो खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्नेछ ।

उनले काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रति क्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यान्न चार हजार आठ सय रुपियाँ ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।

-आजको गोरखापत्रबाट साभार

Published Date: 18 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी