रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने

रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने : Icon Khabar

हुम्ला, भदौ १ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाउने भएको छ । जिल्लामा खाद्यान्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यान्न पठाउन लागेको हो ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने जानकारी दिए।

उनले खाद्य कम्पनी काठमाडौंबाट खाद्यान्न बुझेर लोड गरिएको गाडी भदौ २ गते ल्याइन लागेका बताए। सो खाद्यान्न भदौ पहिलो हप्ताभित्र हिल्सा हुँदै सिमकोट ढुवानी हुनेछ ।

उक्त खाद्यान्नमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । मार्गबाट आउनुपर्ने सो खाद्यान्न अघिल्लो आर्थिक वर्षको खाद्यान्न हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्नेछ ।

उनले काठमाडौं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रति क्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रति क्विन्टल खाद्यान्न चार हजार आठ सय रुपियाँ ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।

-आजको गोरखापत्रबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 August 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने