बाराको जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूम उद्घाटन

बाराको जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूम उद्घाटन : Icon Khabar

बारा, भदौ १ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको उद्घाटन सम्पन्न गरेको हो ।

जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए।

करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ ।

स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए।

Published Date: 18 August 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु