भक्तपुर दरवार क्षेत्रको रात्रीकालिन सुन्दर दृश्य (फोटो फिचर)

भक्तपुर दरवार क्षेत्रको रात्रीकालिन सुन्दर दृश्य (फोटो फिचर) : Icon Khabar
तस्बिर: किरण सुवाल

भक्तपुर, पुष २३। भक्तपुर दरबार क्षेत्र (नेपाल: ख्वप लायकू) भक्तपुरका राजाहरूको प्राचीन राजदरबार हो। समुद्र सतहदेखि १,४०० मिटर (४,६०० फिट) को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ।

भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिकामा अवस्थित छ। यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट १३ किलोमिटर पूर्वमा रहेको छ।

भक्तपुर दरबार क्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर साँस्कृतिक, प्राचीन शिल्पकला र हस्तकलाको लागि समेत महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए।

Photo: Kiran Suwal

यहाँ सुनको ढोका समेत रहेको लालवैंठको नयाँ भवन मल्लकालीन शैलीमा वनेका भवनहरु छन । भक्तपुरमा राजमान सिंहले (१८४४) मा सिसाकलमले बनाएको बसन्तपुर दरवारलाई अर्थात अहिले ५५ झ्याले दरवार यहाँको सवैभन्दा महत्वपूर्ण, धार्मिक र ऐतिहासिक दरवार हो । पछिल्लो समयमा जिल्लाम रहेका ऐतिहासिक, धार्मिक तथा सँस्कृतिलाई राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरमासम्म चिनिन पुगेको छ।

भक्तपुरको दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउँछन । भक्तपुरालाई सम्पदाको खुल्ला संग्रहालय उपनामले पनि चिनिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2023
Website | + posts