निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह

निर्यातमुखी अर्थतन्त्रको विकासमा जुट्न आग्रह : Icon Khabar

भक्तपुर, पुष २४ । मुलुकको बढ्दो व्यापारघाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सातौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने धारणा राखे ।

नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व वाणिज्यसचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए । सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनुपर्ने उनको भनाइ छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनालले निर्यात व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कारणले कमी आएको उल्लेख गर्दैै वस्तु विविधीकरणमार्फत यसलाई बढाउन सकिने धारणा राखे । खनालले निर्यात वृद्धिका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्न सकिने भन्दै यसमा तदारुकता देखाउन आग्रह गरे ।

निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेलले स्थापनाकालदेखि नै परिषद्ले सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गरी निर्यात प्रवद्र्धनको माध्यमबाट देशको बढ्दो व्यापार घाटालाई कम गर्न अथक प्रयास गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा देखापरेका विविध समस्याहरुको कारण नेपाली वस्तुहरुको उत्पादन तथा निकासीमा समेत प्रत्यक्ष असर परेको बताए । यस्तै, सरकारलाई नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुने गरी निर्यात वृद्धि गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रमका सहभागी व्यवसायीहरुले नेपालमा उत्पादित वस्तुहरुको प्रतिष्पर्धा क्षमता अभिवृद्धि गरी निर्यात प्रवद्र्धनको माध्यमवाट सम्पूर्ण नेपाली वस्तुहरुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहनुपर्ने धारणा राखे । निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुको उद्योग प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा, निर्यात प्रवर्द्धन लगायत अन्य विविध पक्षहरुमा जनचेतना मूलक कार्यक्रमहरु संचालन गरी निर्यात बढाउन उनीहरुले माग गरे ।

हाल निर्यात वृद्धिका समस्याका रुपमा रहेका चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको अभाव सहित चर्को बैङ्गिक व्याजदर तथा .नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटलाई हटाउन माग गरियो ।

निर्यात वढाउनको लागि सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्यसहित निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषि सरह बैङ्गिक व्याज उपलब्ध गराउनु पर्ने माग परिषदले गरेको छ ।

यस्तै, नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसंग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तिमा पनि १० वर्ष सम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनु पर्ने तथा विभिन्न देशहरुमा रहेका नेपाली दुतावासहरु र कुटनितिक नियोगहरु मार्फत नेपालका निर्यात योग्य वस्तुहरुको व्यापक रुपमा प्रचार प्रसार गराउने एवं विश्वव्यापी मान्यता प्राप्त आधुनिक ल्याब को स्थापना गर्ने माग परिषदको रहेको छ ।

Published Date: 08 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न