लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, २३ पुष । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा भएको रक्तदान, हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको तेखापुखुमा सम्पन्न भयो । ख्वप अस्पताल, भक्तपुर र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले भक्तपुरमा समुदायमा आधारित सहकारीले सामाजिक दायित्व निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गरे । गैह्र समुदायमा आधारित सहकारीले अहिले जनताको पैसा सुरक्षित नभएको तथा वित्तिय बजारमा देखिएको आर्थिक मंन्दीको मार जनस्तरमा दैनिक विभिन्न घटनाबाट छर्लङ्ख भएको बताए ।

संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित संस्थाको महत्व र संस्थाले हालसम्म वित्तिय लगायत सामुदायिक दायित्व निर्वाह गर्दै आएका गतिविधिबारे जानकारी दिए । २८ जना रक्तदाताले रक्तदान गरेको थियो भने ६५ जनाले हाडजोर्नी तथा नसा सम्बन्धी चेकजाँच गरी स्वास्थ्य लाभ लिएको उक्त कार्यक्रममा निःशुल्क औषधी वितरण समेत गरेको थियो ।

संस्थाको १८औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस ३० गते अन्तर सदस्यीय महिला डोरी तान्ने प्रतियोगिता, पुरुष व्याडमिन्टन प्रतियोगिता तथा बाल बचतकर्ताहरुबीच नेपालभाषामा सस्वर वाचन कार्यक्रम हुने भएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखा र उपसमितिका संयोजक प्रज्वल खत्री पनि बोलेका थिए ।

Published Date: 07 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड