लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, २३ पुष । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक उत्सवको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा भएको रक्तदान, हाडजोर्नी तथा नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको तेखापुखुमा सम्पन्न भयो । ख्वप अस्पताल, भक्तपुर र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी तथा संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले भक्तपुरमा समुदायमा आधारित सहकारीले सामाजिक दायित्व निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गरे । गैह्र समुदायमा आधारित सहकारीले अहिले जनताको पैसा सुरक्षित नभएको तथा वित्तिय बजारमा देखिएको आर्थिक मंन्दीको मार जनस्तरमा दैनिक विभिन्न घटनाबाट छर्लङ्ख भएको बताए ।

संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित संस्थाको महत्व र संस्थाले हालसम्म वित्तिय लगायत सामुदायिक दायित्व निर्वाह गर्दै आएका गतिविधिबारे जानकारी दिए । २८ जना रक्तदाताले रक्तदान गरेको थियो भने ६५ जनाले हाडजोर्नी तथा नसा सम्बन्धी चेकजाँच गरी स्वास्थ्य लाभ लिएको उक्त कार्यक्रममा निःशुल्क औषधी वितरण समेत गरेको थियो ।

संस्थाको १८औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस ३० गते अन्तर सदस्यीय महिला डोरी तान्ने प्रतियोगिता, पुरुष व्याडमिन्टन प्रतियोगिता तथा बाल बचतकर्ताहरुबीच नेपालभाषामा सस्वर वाचन कार्यक्रम हुने भएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखा र उपसमितिका संयोजक प्रज्वल खत्री पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2023
Website | + posts