रिडी पावरलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको अन्तिम स्वीकृति

रिडी पावरलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको अन्तिम स्वीकृति : Icon Khabar
काठमाडौं, साउन २९ । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति दिएको छ । आयोगले रिडीलाई ५०% (१ः०.५० अनुपात) मा हकप्रद सेयर बिक्री गर्न अन्तिम स्वीकृति दिएको हो । आयोगको अन्तिम स्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रकृया अघि बढ्नेछ । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।
यसअघि कम्पनीको गत असार ८ गते सम्पन्न बिशेष साधारण सभाले ५०% हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यस्तै, सभाले कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १ करोड ५४ लाख ८९ हजार १२ कित्ता (५०%) हकप्रद सेयर जारी गर्न लागेको हो ।
Published Date: 14 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न