रिडी पावरलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको अन्तिम स्वीकृति

रिडी पावरलाई हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगको अन्तिम स्वीकृति : Icon Khabar
काठमाडौं, साउन २९ । विद्युत नियमन आयोगले रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अन्तिम स्वीकृति दिएको छ । आयोगले रिडीलाई ५०% (१ः०.५० अनुपात) मा हकप्रद सेयर बिक्री गर्न अन्तिम स्वीकृति दिएको हो । आयोगको अन्तिम स्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रकृया अघि बढ्नेछ । यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।
यसअघि कम्पनीको गत असार ८ गते सम्पन्न बिशेष साधारण सभाले ५०% हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यस्तै, सभाले कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १ करोड ५४ लाख ८९ हजार १२ कित्ता (५०%) हकप्रद सेयर जारी गर्न लागेको हो ।
Published Date: 14 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक