युकेमा मार्सल आर्ट्स च्याम्पियनसिपमा उद्धव र गुनालाई पदक

युकेमा मार्सल आर्ट्स च्याम्पियनसिपमा उद्धव र गुनालाई पदक : Icon Khabar

काठमाडौं, साउन २९ । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले जनाएका छन् ।

युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जिते । गुनाले ताइची स्पर्धामा रजत जितिन् । अर्का सहभागी समिर श्रेष्ठले पदकविहीन रहे ।

प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गरेकी थिइन् ।

अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुशी व्यक्त गर्दै पदक विजेतालाई बधाइ दिए । उनका अनुसार टोली अगष्ट २० तारिखमा स्वदेश फर्किने छ ।

Published Date: 14 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न