युकेमा मार्सल आर्ट्स च्याम्पियनसिपमा उद्धव र गुनालाई पदक

युकेमा मार्सल आर्ट्स च्याम्पियनसिपमा उद्धव र गुनालाई पदक : Icon Khabar

काठमाडौं, साउन २९ । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले जनाएका छन् ।

युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जिते । गुनाले ताइची स्पर्धामा रजत जितिन् । अर्का सहभागी समिर श्रेष्ठले पदकविहीन रहे ।

प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गरेकी थिइन् ।

अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुशी व्यक्त गर्दै पदक विजेतालाई बधाइ दिए । उनका अनुसार टोली अगष्ट २० तारिखमा स्वदेश फर्किने छ ।

Published Date: 14 August 2023




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक