भक्तपुरमा भदौ १३ गते जनै पूर्णिमा र भदौ १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय

भक्तपुरमा भदौ १३ गते जनै पूर्णिमा र भदौ १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय : Icon Khabar

भक्तपुर, साउन २९ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बैठकले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनै पूर्णिमा) र २०८० भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा बसेको आजको बैठकले ज्योतिषशास्त्र अनुसार भाद्र १३ गते बुधबार चतुदर्शी (१४) घ.प. ११।२८ प्रात, घ.मि. १०।१७ प्रात र त्यसपछि भाद्र १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५।१८ प्रात, घ.मि. ७।४९ प्रात, प्रात ७।४९ मिनेट पछि परेवा (प्रतिपदा) लाग्ने, सापारु शुरु हुने समय रहेकोले यहि मिति २०८० भाद्र १३ गते विहान १० बजे १७ मिनेटदेखि पूर्णिमा शुरु भई भाद्र १४ गते विहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु शुरु हुने भएको हुँदा २०८० भाद्र १३ गते पुन्ही र २०८० भाद्र १४ गते सापारु मनाउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरु प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशी समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
Published Date: 14 August 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ