काठमाडौं, साउन २८ । आइतबार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा आएको छ । ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३ कम्पनीमा सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।
निर्जीवन बिमा, होटेल तथा पर्यटन र बैंकिङ समूहमा बढी तेजी आएको छ । आज २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ ।
५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।
Published Date: 13 August 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1