‘कैलाश खेर लाइभ’ मा प्रस्तुति दिन बलिउड गायक कैलाश खेर नेपाल आउने

‘कैलाश खेर लाइभ’ मा प्रस्तुति दिन बलिउड गायक कैलाश खेर नेपाल आउने : Icon Khabar

काठमाडौंँ, साउन २८ । बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९ (१५ सेब्टेम्बर)मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।

फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको आयोजना रहने कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत संगीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नेपालका गायक गायिकाको पनि सहभागीत रहनेछ । गायक खेरका नेपालमा थुप्रै फ्यान छन् । नेपाली फ्यानलाई उनको गीत संगीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको आयोजक फेलिज इन्टरनेशनल इभेन्टका सिइयो साहिल खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न