‘कैलाश खेर लाइभ’ मा प्रस्तुति दिन बलिउड गायक कैलाश खेर नेपाल आउने

‘कैलाश खेर लाइभ’ मा प्रस्तुति दिन बलिउड गायक कैलाश खेर नेपाल आउने : Icon Khabar

काठमाडौंँ, साउन २८ । बलिउड गायक कैलाश खेर नेपाल आउने भएका छन् । अगामी भदौ २९ (१५ सेब्टेम्बर)मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।

फेलिज इन्टरनेशनल इभेन्ट र वीस इन्टरटेनमेन्टको सहयोगमा आइलाइभ इन्टरटेनमेन्टको आयोजना रहने कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत संगीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा नेपालका गायक गायिकाको पनि सहभागीत रहनेछ । गायक खेरका नेपालमा थुप्रै फ्यान छन् । नेपाली फ्यानलाई उनको गीत संगीतमा प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको आयोजक फेलिज इन्टरनेशनल इभेन्टका सिइयो साहिल खानले बताए ।

Published Date: 13 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर