पोखरामा २४ तोला सुनसहित एक महिला प्रहरीको नियन्त्रणमा

पोखरामा २४ तोला सुनसहित एक महिला प्रहरीको नियन्त्रणमा : Icon Khabar

पोखरा, साउन २५ । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । ‘कहाँबाट कहाँ लैजाने ? कसको हो भन्ने अनुसन्धान हुँदैछ,’ जोशीले भने ।

अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।

Published Date: 10 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक