भक्तपुरमा भारी वर्षा : नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुरमा भारी वर्षा : नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह : Icon Khabar

भक्तपुर, साउन २३ । काठमाडौं उपत्यकालगायत देशभरका नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यका बिसेस गरेर भक्तपुरको, कमलविनायक, सुर्यविनायक, नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।

 

भारी वर्षापछि भक्तपुरको हनुमन्ते र मनोहरालगायत खोलाहरुमा जल सतह सतर्कता तहमा पुगेकोले ११ बजेसम्म नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Published Date: 08 August 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर