बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र

बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र : Icon Khabar

काठमाडौं, साउन २२ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारी संघकी अध्यक्ष सरस्वती भण्डारीले मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङलाई ज्ञापन पत्र बुझाएकी थिइन् । कर्मचारी संघका महासचिव कुमार बस्नेतले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नु पर्ने माग गरे ।

ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकाव गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी