बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र

बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र : Icon Khabar

काठमाडौं, साउन २२ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारी संघकी अध्यक्ष सरस्वती भण्डारीले मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङलाई ज्ञापन पत्र बुझाएकी थिइन् । कर्मचारी संघका महासचिव कुमार बस्नेतले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नु पर्ने माग गरे ।

ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकाव गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने