विश्वकै पातलाे ल्यापटप एसुसको ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स५३०४)’ सार्वजनिक

विश्वकै पातलाे ल्यापटप एसुसको ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स५३०४)’ सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २२ । नेपाली बजारमा एसुसको स्लिम ल्यापटप ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स५३०४)’ सार्वजनिक भएको छ । एसुसका लागि नेपालको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले सोमबार १३.३ इन्चको ओएलईडी ल्यापटप सार्वजनिक गरेको हो ।

कम्पनीले जेनबुक एस १३ लाई विश्वकै पातलाे ल्यापटप भनेर दाबी गरेकाे छ । याे ल्यापटपको मोटाइ एक वर्ग सेन्टिमिटर छ भने तौल एक किलोग्राम छ ।

यसमा १३.३ इन्चको एसुस लुमिना ओएलईडी डिस्प्ले समावेश छ, जसले ब्ल्याक ५०० प्रमाणीकरण प्राप्त गरेको छ । यस मोडेलमा १६ जीबी र्‍याम र एक टेराबाइट स्टोरेज उपलब्ध छ ।

दुई ओटा थन्डरबोल्ट फोर, यूएसबी ३.२ जेन टु र एचडीएमआई २.१ पोर्ट रहेको ल्यापटपमा ६३ वाट आवर क्षमताको ब्याट्री छ । यसको सहायताले लगातार १४ घण्टासम्म भिडिओ हेर्न सकिने कम्पनीको दाबी छ । चार्ज गर्नका लागि कम्पनीले जेनबुक एस १३ मा ६५ वाटको एडाप्टर उपलब्ध गराएको छ ।

विन्डोज ११ प्रो ओएसद्वारा सञ्चालित ल्यापटप १३ जेन इन्टेल कोर आई सेभेन प्रोसेसरमा आधारित छ । कम्पनीका अनुसार यसमा आइरिस एक्स ई ग्राफिक्स समावेश गरिएको छ ।

अत्याधुनिक क्यामेरा प्रणाली भएको जेनबुक एस १३ ल्यापटपमा ह्यान्डफ्री लगइन, एम्बियन्ट लाइट सेन्सर र एआई भिडिओ कल जस्ता फिचर रहेकाे कम्पनीकाे भनाइ छ ।

अडियो, भिडिओका लागि यसमा डल्बी भिजन एटमको सिस्टम जडान गरिएको छ । जसले ३.५ गुणासम्म भिडिओको साउन्ड बढाउन सकिने कम्पनीको दाबी छ ।

क्यामेराको सन्दर्भमा यसमा फुल एचडी इन्फ्रारेड क्यामेरा जडान गरिएको छ । यस क्यामेरामा एआईद्वारा सञ्चालित भिजुअल इफेक्ट र एआई नोइज क्यान्सिलेसन प्रविधि जडान गरिएको छ ।

यसलाई १८० डिग्रीसम्म घुमाउन सकिन्छ । कनेक्टिभिटीका लागि कम्पनीले यसमा वाई-फाई सिक्स ई उपलब्ध गराएको छ ।

ल्यापटपलाई हलुका र टिकाउ बनाउन कम्पनीले यसमा म्याग्नेसियम अल्मुनियम एलोई प्रयोग गरेको छ ।

जेनबुक एस १३ ओएईडी (यूएक्स५३०४) को मूल्य दुई लाख चार हजार ४४४ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला