नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

काठमाडौँ, साउन २२ । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३ औं वार्षिक साधारण सभा साउन १८ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाले निवर्तमान अध्यक्ष गौरव शारदालाई पुनःआगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ । साथै उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यहरूमा शंकर लाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएको छ ।

सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठुलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हाल सम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय समेत गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले भने, “अक्सिजन सिलिन्डरको मापदण्ड अन्तर्गत Colour Coding, Labeling, Maximum Filling Pressure, Gas Information, Periodic Inspection Details आदि सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्थालागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।”

संघले आगामी दिनमा Liquid अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ ।

अध्यक्ष शारदाले भने, “नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगहरूको उत्पादन माग भन्दा धेरै रहेकोले Liquid अक्सिजन आयात गर्न आवश्यक छैन । Liquidअक्सिजनको आयातले गर्दा देशभरी सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगहरूको भविष्य धरापमा परेको छ । यसरी अक्सिजनग्यासमा नेपालभारतर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ ।”

Published Date: 07 August 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली