अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशियो, ४ महिनायताकै उच्च

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशियो, ४ महिनायताकै उच्च : Icon Khabar

काठमाडौं, साउन २२ । साउदी अरेबियाले थप एक महिना तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड फ्यूचर्स’ सामान्य घटेर प्रतिब्यारेल ८६.१७ डलरमा कारोबार भइरहेको छ । जुन अप्रिल १४ यताकै उच्च हो । यस्तै, ‘युएस डब्लुटीआई क्रुड फ्यूचर्स’ पनि गत मध्य अप्रिलको उच्च विन्दु नजिक कारोबार भइरहेको छ ।

सोमबार डब्लुटीआई क्रुड फ्यूचर्स प्रतिब्यारेल ८२.७४ डलरमा कारोबार भइरहेको छ । साउदी अरबले शुक्रबार थप एक महिना अर्थात सेप्टेम्बर महिनासम्म प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो ।

यता, रुसले पनि निर्यात कटौती गर्ने बताएको छ । यसका साथै रुसी तेल निर्यातका लागि प्रमुख हब मानिएको बन्दरगाहमा शुक्रबार युक्रेनले ड्रोन हमला पनि गरेको थियो । यी सबै कारणले गर्दा तेलको भाउ उकालो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2023
Website | + posts