अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशियो, ४ महिनायताकै उच्च

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशियो, ४ महिनायताकै उच्च : Icon Khabar

काठमाडौं, साउन २२ । साउदी अरेबियाले थप एक महिना तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड फ्यूचर्स’ सामान्य घटेर प्रतिब्यारेल ८६.१७ डलरमा कारोबार भइरहेको छ । जुन अप्रिल १४ यताकै उच्च हो । यस्तै, ‘युएस डब्लुटीआई क्रुड फ्यूचर्स’ पनि गत मध्य अप्रिलको उच्च विन्दु नजिक कारोबार भइरहेको छ ।

सोमबार डब्लुटीआई क्रुड फ्यूचर्स प्रतिब्यारेल ८२.७४ डलरमा कारोबार भइरहेको छ । साउदी अरबले शुक्रबार थप एक महिना अर्थात सेप्टेम्बर महिनासम्म प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने निर्णय गरेको थियो ।

यता, रुसले पनि निर्यात कटौती गर्ने बताएको छ । यसका साथै रुसी तेल निर्यातका लागि प्रमुख हब मानिएको बन्दरगाहमा शुक्रबार युक्रेनले ड्रोन हमला पनि गरेको थियो । यी सबै कारणले गर्दा तेलको भाउ उकालो लागेको हो ।

Published Date: 07 August 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता