देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिदै, कालो चस्माको प्रयोग गर्न सुझाव

देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिदै, कालो चस्माको प्रयोग गर्न सुझाव : Icon Khabar

काठमाडौँ, साउन २२ । देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिरहेको छ । जसकारण ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन । विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

पछिल्लो साता आँखा पाक्ने संक्रमण अनपेक्षित रुपमा फैलिरहेको छ। आँखा चिलाउने, बिझाउने, सुन्निने , रातो हुने, धमिलो देख्ने लगायत समस्या भएमा आँखा पाकेको हुनसक्ने भन्दै परीक्षण गराएर उपचार गराउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

सरुवा रोग भएकाले कालो चस्माको प्रयोग गर्न पनि स्वास्थ्यकर्मीहरूले सुझाव दिने गरेका छन् । यस्तै आँखा रातो भएमा, चिलाउने समस्या देखिएमा, बिझाए जस्तो भएमा सफा र नरम कपडामा चिसो पानी प्रयोग गरेर सफा गर्न सकिने उनीहरूको सुझाव छ । यस वर्ष गर्मी मौसम सुरु भएसँगै देशभरका अधिकांश जिल्लामा आँखा पाक्ने संक्रमण बढ्दो क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 07 August 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु