देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिदै, कालो चस्माको प्रयोग गर्न सुझाव

देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिदै, कालो चस्माको प्रयोग गर्न सुझाव : Icon Khabar

काठमाडौँ, साउन २२ । देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिरहेको छ । जसकारण ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन । विशेषगरी सहरी क्षेत्रमा यसबाट प्रभावित हुनेहरूको संख्या तीव्र रुपमा बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

पछिल्लो साता आँखा पाक्ने संक्रमण अनपेक्षित रुपमा फैलिरहेको छ। आँखा चिलाउने, बिझाउने, सुन्निने , रातो हुने, धमिलो देख्ने लगायत समस्या भएमा आँखा पाकेको हुनसक्ने भन्दै परीक्षण गराएर उपचार गराउनुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

सरुवा रोग भएकाले कालो चस्माको प्रयोग गर्न पनि स्वास्थ्यकर्मीहरूले सुझाव दिने गरेका छन् । यस्तै आँखा रातो भएमा, चिलाउने समस्या देखिएमा, बिझाए जस्तो भएमा सफा र नरम कपडामा चिसो पानी प्रयोग गरेर सफा गर्न सकिने उनीहरूको सुझाव छ । यस वर्ष गर्मी मौसम सुरु भएसँगै देशभरका अधिकांश जिल्लामा आँखा पाक्ने संक्रमण बढ्दो क्रममा रहेको छ ।

Published Date: 07 August 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता