सोमबार नेप्से परिसूचक ३.२१ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३.२१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २२ । सोमबार नेप्से परिसूचक ३.२१ अंक घटेर २०४८.२६ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ३८ अंक घटेर बन्द भएको नेप्सेले आज पनि गिरावटलाई निरन्तरता दिएको हो।

नप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६७ स्टकको १ लाख १ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे ७ करोडको शेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेपनि नेप्से परिसूचक घटेको छ। आज घट्ने उपसमूहहरुमा बैंकिङ्ग, जलविद्युत, लगानी र अन्य उपसमूह रहेका छन्। अन्य उपसमूहहरुको परिसूचक सामान्य बढ्नु र यी उपसमूहको परिसूचक घटेका कारण आज नेप्से परिसूचक घट्न पुगेको हो। आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति