सोमबार नेप्से परिसूचक ३.२१ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३.२१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २२ । सोमबार नेप्से परिसूचक ३.२१ अंक घटेर २०४८.२६ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ३८ अंक घटेर बन्द भएको नेप्सेले आज पनि गिरावटलाई निरन्तरता दिएको हो।

नप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६७ स्टकको १ लाख १ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल रिपब्लिक मिडियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे ७ करोडको शेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेपनि नेप्से परिसूचक घटेको छ। आज घट्ने उपसमूहहरुमा बैंकिङ्ग, जलविद्युत, लगानी र अन्य उपसमूह रहेका छन्। अन्य उपसमूहहरुको परिसूचक सामान्य बढ्नु र यी उपसमूहको परिसूचक घटेका कारण आज नेप्से परिसूचक घट्न पुगेको हो। आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी