भारतको लोकसभाद्वारा राहुल गान्धीलाई सांसदमा बहाल

भारतको लोकसभाद्वारा राहुल गान्धीलाई सांसदमा बहाल : Icon Khabar

काठमाडौं, साउन २२ । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।

गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो ।

सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोक सभाले सोमबार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो ।

उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि गान्धीले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । गान्धी लोकसभा बैठकमा पुग्दा विपक्षी सांसदहरुले उनको स्वागत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी