सभामुख घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु

सभामुख घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु : Icon Khabar

काठमाडौँ, साउन २२ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।

सदनको गतिरोध, संसदीय समितिका सभापतिहरूको चयन लगायतका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा(एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी